पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजित भएका कमल थापाले पूर्वराजा परिवारमाथि अटाक्ष गरेका छन् ।

आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका थापाले पूर्व युवराज्ञी हिमानी शाहले लिङ्देनलाई सामाजिक सञ्जाल ट्विटरमार्फत दिएको बधाई तथा शुभकामनाप्रति कटाक्ष गरेका हुन् ।

हिमानीले ट्वीटमार्फत मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताउँदै अध्यक्ष लेङ्देनलाई कार्यकालको शुभकामना दिएकी थिइन् ।

हिमानीको सो ट्वीटमाथि प्रतिक्रिया जनाउँदै कमल थापाले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

हिमानीले लेखेकी छन्, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’

हिमानीको उक्त ट्वीटमाथि प्रतिक्रिया जनाउँदै थापाले लेखेका छन्- अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना।

‘निर्मल निवासको नाङ्गो हस्तक्षेपमा राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here