लिङ्देनको शपथ ग्रहण बहिस्कार गरेका कमल थापाको रोदन-‘यसपाली त मनै फाट्यो…!’

काठमाडौं, १९ मंसिर । निवर्तमान अध्यक्ष कमल थापाले राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई बहिस्कार गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित भएका हुन् ।

थापा अनुपस्थित भए पनि बाँकी निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागी भएका थिए ।

अध्यक्षमा पराजित भएका कमल थापाले सोसल मिडियामार्फत गुनासो पोखिरहेका छन ।

कहिले पूर्व राजा ज्ञानेन्द्र शाहमाथि त कहिले पूर्व युवराज्ञी हिमानी शाहमाथि हमला गरेर बसि रहेका थापाले कमल थापाले एउटा पुरानो गीत सम्झिएको बताउदै केही हरफसमेत ट्वीट गरेका छन्।

‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गम्भिर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो’, थापाले लेखेका छन, ‘पोहोर साल खुशी फाट्दा जतन गरि मनले टाले, त्यहि साल माया फाट्यो त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने हो ?’

यो गीतलाई अरूणा लामाले गाएकी थिइन्।

थापाले आफूले हार्नुको दोष निर्मल निवासलाई लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले अनावश्यक सक्रियता देखाएर पार्टी महाधिवेशनमा आफ्नो मत प्रभावित पारेको थापाको आरोप छ । थापा पराजित भएपनि उनको प्यानलका अधिकांशले निर्वाचन जितेका छन् ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

‘निर्मल निवासको नाङ्गो हस्तक्षेपमा राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो’

राप्रपामा विक्रम पाण्डे सबैभन्दा ‘लोकप्रिय’, कसले ल्याए कति भोट ?

कमल थापा समूहको निष्कर्ष -‘अब पूर्वराजा ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने’

पूर्वराजापछि हिमानीलाई कमल थापाको कटाक्ष ‘अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here