नेपाल एयरलाइन्सलाई अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ बोक्न बाटो खुल्यो

फाइलफोटो

काठमाडौं, २० मंसिर । नेपाल वायुसेवा निगमले अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ आयात ता निर्यातको अनुमति पाएको छ ।

नागरिक उड्डयन प्राधिकरणले निगमको अन्तराष्ट्रिय उडानमा खतराजन्य पदार्थ (डेन्जरस गुडस्) बोक्ने अनुमति दिएको हो ।

योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरु ल्याउन पाउनेछ ।

नेपाल नागरिक उड्डन प्राधिरकणले जारी गरेको अनुमतिपत्रअनुसार त्यस्ता सामान ढुवानीका लागि तोकिएका मापदण्डहरु पूरा गर्नुपर्ने छ ।

प्राधिकरणले यसअघि हेलिकप्टर कम्पनीतर्फ श्री एयरलायन्सको एमआई–१७ रसियन हेलिकप्टरलाई मात्रै खतराजन्य पदार्थ बोक्ने अनुमति दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here