कोभिड-१९ को संक्रमण भइसकेकालाई ‘ओमिक्रोन’ संक्रमण हुन्छ कि हुँदैन्, यी हुन् बच्ने उपाय

काठमाडौं । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पुष्टी भएको ओमिक्रोन भेरियन्ट कोभिड-१९ को सबैभन्दा पछिल्लो भेरियन्ट हो।

अहिले यो भेरियन्ट नेपाल लगायत विभिन्न मुलुकमा देखिएको छ। दक्षिण अफ्रिका तथा अन्य मुलुकहरुमा संक्रमण दर ह्वातै बढेको छ ।

ओमिक्रोन भेरियन्ट धैरे छिटो फैलिन सक्ने भेरियन्टका रुपमा देखा परेको छ।

हाल वितरण भइरहेको कोभिड-१९ विरुद्धका खोपहरु यस भेरियन्टलाई प्रतिरोध गर्न सक्छन् कि सक्दैनन् भन्ने यकिन गर्न वैज्ञानिकहरु अध्ययन गरिरहेका छन् र अहिले सम्म ठोस तथ्य पत्ता लागिसकेको छैन।

यसअघिका अन्य भेरियन्टभन्दा बढी संक्रामक कतिसम्म घातक छ र अहिले प्रयोगमा रहेका खोपहरूले यो भेरियन्टलाई प्रतिरोध गर्न सक्छ या सक्दैन भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिले पनि अनुसन्धान गरिरहेको छ ।

तर, पहिले नै कोभिड-१९ को संक्रमण भइसकेकालाई पनि ओमिक्रोन भेरियन्टको संक्रमण हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड-१९ का अन्य भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न यी उपाय अपनाउनुहोस्

-मास्कको सही प्रयोग गर्ने

-भौतिक दूरी कायम गर्ने

-बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने,

-भिडभाड नगर्ने

– हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने लगायतका सबै जनस्वास्थ्यका मापदण्डहरुको कडाइपूर्वक पालना गर्नुपर्छ र कोभिड-१९ विरुद्धको खोप लगाउनुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here