एकैपटक ९ सय कर्मचारी कम्पनीबाट बर्खास्त, विवादमा सिइओ

काठमाडौं, २२ मंसिर । ‘तपाँई यो जुमको कलमा हुनुहुन्छ भने अभागी समुहको हिस्सा हुनुभयो’ तपाँईलाई कम्पनीले बर्खास्त गरेको छ, अमेरिकी कम्पनी बेटर डट कमका प्रमुख कार्यकारी अधिकृत बिशाल गार्गले अफिसियल जुम मिटिङमा भने । जुन पछी सामाजिक सञ्जालमा पनि राखिएको थियो ।

बेटर डटकमले कम्पनीको ९ सय कर्मचारीलाई एकैपटक निकालेसँगै सामाजिक सञ्जालमा यसबारे नकारात्मक टिप्पणी शुरु भएको छ । क्रिसमसको विदा शुरु हुनु केही दिन अघि चालिएको यो कदमलाई व्यवहारिक तथा कठोर कदम भएको बताएका छन् ।

प्रमुख कार्यकारी अधिकृत गार्गले अहिले बजार परिवर्तन भएको तथा कोभिड र कर्मचारीको उत्पादकत्व कम भएकोले कर्मचारी निकालिएको बताए ।
उनका अनुसार निकालिएकामध्ये २ सय ५० कर्मचारीले दिनमा दुई घण्टामात्र काम गरेको पाइएको थियो ।

यसैबीच यता सिइओ सिएसफ चिफ फाइनान्सियल अफिसर केभिन रायनको तलब अप्रिल १५ २०२१ देखि १५६ हजार डलरबाट १ मिलियन डलर बढाइएको हो ।

त्यस्तै गत सातामात्र कम्पनीले ७५० मिलियन डलर जापानी फर्म र प्रमुख लगानीकर्ता सफ्टबैंकबाट प्राप्त भएको पाइएको छ । जुन सिइओले उल्लेख गरेका छैनन् ।
गार्ग यसअघि पनी कर्मचारीलाई धम्कीसहितको इमेल गरेर विवादमा आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here