महँगो विवाह ऋणको बोझ, कम खर्च गर्दा विछोडको पिर !

काठमाडौं । विवाहलाई सम्झनलायक बनाउनको लागि मानिसहरु धेरै खर्च गर्नेदेखि अन्य धेरै प्रकारका कामहरु पनि गर्ने गर्छन् । लुगा र गहनाको लागि मात्रै मानिसहरु लाखौं रकम खर्च गर्ने गर्छन् ।

महंगीको समयमा विवाह गर्नु र ३–४ पटक विवाहको रिसेप्सन पार्टी दिनु सामान्यजस्तै भइसकेको छ । पछिल्लो समयमा धेरै विवाहहरु देखावटी र चर्को खर्चका कारण आलोचनाको शिकार बनेको पनि देखिन्छ ।

धेरै मानिसहरु विवाह आफ्नो क्षमता अनुसार गर्नुपर्छ भन्ने ठान्छन् । अरुको देखासिखी गर्नुभन्दा आफ्नो क्षमताअनुसार विवाह गर्ने मानिसहरु खुशी हुन्छन् ।

तर, एक अध्ययनले भने मानिसहरुलाई झस्काउने खालको निश्कर्ष निकालेको छ । अध्ययनका अनुसार कम खर्च गर्दै सामान्य रुपमा गरिने विवाह चिन्ता र सम्बन्ध विच्छेदको कारण बन्न सक्छ ।

विशेष गरि नेपालमा भने कम खर्चमा विवाह तराइमूलका लागि तनावको कारण बन्ने गरेको छ । दाइजोप्रथाको कारण विवाहको केही समयमा नै विवाह गरेर जाने महिलाले मनमुटाव, पारिवारिक तनाव सहनुपर्ने अवस्था रहेको देखिन्छ ।

तर सबैमा भने यो लागू हुने गरेको छैन् । कसैले भने सानो खर्चमा नी विवाह गरेर हासीखुशी जिवन बाँचीरहेका हुन्छन् ।

शिक्षा र चेतनाको अभावका कारण दाइजो प्रथा चलेको मानिए पनि शिक्षित र सम्पन्न परिवारमै यसको विकृति विशेषगरि मधेसमा भने यो झाँगिँदै गएको पाइन्छ ।

केही दशक अघिसम्म साइकल, घडी र रेडियोसम्म लिएर विवाह गरेको पुस्ताले अहिले आफ्ना शिक्षित छोरीको विवाहका लागि जिन्सी, गरगहनासँगै लाखौं रुपैयाँ दाइजोका रूपमा दिनुपर्ने बाध्यतामा छन् ।

तर, त्यति हुँदाहुँदै पनि विहेमा दिइने दाइजोको चिन्ताले भने अभिभावकलाई बढी नै पिरोल्ने गरेको छ ।

दाइजोबापत कबुल गरेका केही धनमाल विवाह मण्डपमै नदिइँदा विवाह सम्पन्न नहुने मात्र हैन, विवाहपछि पनि महिलाहरूले अनेक शारीरिक र मानसिक प्रताडना खेप्न बाध्य हुने गरेको पाइन्छ ।

केही मानिसहरु यस्ता पनि भेटिए जसले आफ्नो विहेमा पानी जस्तै पैसा खर्च गरेका छन् तर पनि उनीहरुको जीवन सफल हुन सकेको छैन् ।

ऋण खोजेर धेरै पैसा खर्च गर्दै गरिएको विवाहको कारण पनि केही मानिसहरु चिन्ता र डिप्रेसनको शिकार भएको अध्ययनले भेटाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here