रोनाल्डोको निर्णायक गोलले म्यान्चेष्टर युनाइडेट पाँचौ स्थानमा उक्लियो

काठमाडौं, २६ मंसिर । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले नर्विचलाई १-० गोल अन्तरले जित हासिल गरेको हो ।

युनाइटेडका लागि खेलको ७५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

जितसँगै युनाईटेडले १६ खेलबाट २७ अंक जोडेर तालिकामा चौथो स्थानको वेष्टह्यामसँग अंक बराबरी गरेको छ।

गोल अन्तरमा पछि परेको युनाइडेड पाँचौ स्थानमा रहेको छ। छ। नर्विच १० अंक सहित तालिकाको पुछारमा छ।