देशभर चिसो बढ्दै, काठमाडौंको तापक्रम यो वर्षकै कम

काठमाडौं,२७ मंसिर । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ ।

जाडोयाम भएकाले तापक्रममा फेरबदल भई चिसो क्रमशः बढ्दै जाने मौसमविद्ले बताएका छन्। सोमवारकाठमाडौं उपत्यकाको तापक्रम यस वर्षकै कम देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको सोमबारको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस रहेको छ। यो यसवर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

काठमाडौंको आजको अधिकत तापक्रम १८ डिग्री सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २७ गते (सोमबार)

दिउँसो : सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर २८ गते (मंगलबार)

दिउँसो : लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंसिर २९ गते (बुधबार)

दिउँसो : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत अनुरोध छ।