सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

काठमाडौं, १३ पुस । उज्ज्वेकिस्तान हराउँदै सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कप महिलातर्फको उपाधि नेपालले जितेको छ।

बंगलादेशमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपालले उज्ज्वेकिस्तानलाई ३–२ सेटमा हराउँदै उपाधि जितेको हो।

नेपालले २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–११ को सेटमा खेल जितेर लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

बंगलादेशको सहिद सरवर्दी रंगशालामा भएको खेलमा नेपालले पहिलो खेलमा दुई सुरुआति दुई सेट गुमाएर श्रीलंकालाई ३–२ ले हराएको थियो।

नेपालले बंगलादेश, माल्दिभ्स, उज्ज्वेकिस्तान र कीर्गिस्तानलाई समान ३–० सेटमा हराएको थियो। फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो।

नेपाल शीर्ष र उज्वेकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् । महिलातर्फ ६ टोलीको सहभागिता थियो ।

पुरुषतर्फ पनि नेपालले तेस्रो स्थानका लागि आजै उज्वेकिस्तानको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here