देशैभर चिसो बढ्यो, कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

काठमाडौं, १५ पुस । न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर वर्षा भएको छ ।

मंगलबार पश्चिम नेपालमा वर्षा भएकामा बुधबार देशभर वर्षा भएपछि चिसो पनि बढेको हो ।

मंगलबारदेखि देशव्यापी रूपमा भइरहेको मौसम बदली, वर्षा र हिमपात आजबाट रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था

हाल देशभर आंशिक देखि सामान्य बदली रहि थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानामा हल्का हिमपात भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस १५ गते (बिहीबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

पुस १६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक बदली रही गण्डकी प्रदेश र प्रदेश नं १ एक वा दुई स्थानहरूमा हल्का वर्षा र उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पुस १७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक बदलीको संभावना रहेको छ। बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्

देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here