नेपाल प्रवेशमा सहज, खोप नलगाइ आउनेले पनि क्वारेन्टिन बस्नु नपर्ने

काठमाडौं, १६ पुस । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिम बढ्दै गएपनि नेपाल प्रवेशमा भने सहज बनाएको छ ।

मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले शुक्रबार पत्राचार गर्दै नेपाल प्रवेशमा सहज बनाउन निर्देशन दिएको हो।

उक्त निर्देशनसँगै विभिन्न देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेपछि सरकारले नेपाल प्रवेशमा कडाइको निर्णय उल्टिएको छ ।

सरकारको यो निर्णय मंसिर १६ गते राति १२ बजेबाट लागू भएको थियो।

यसअघि सरकारले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको जोखिमका कारण ९ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो।

त्यतिबेला ट्रान्जिटमा रहेका यात्रुले समेत नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु परेको थियो।

नयाँ आदेश अनुसार अब पूर्ण खोप लगाएको १४ दिन पुगेका र ७२ घण्टाभित्रको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र कूटनीतिक वा अफिसियल पासपोर्ट वा आवासीय भिसा प्राप्त गरेका विदेशी नागरिकले होटल क्वारेन्टिन बस्नु नपर्ने भएको छ।

उनीहरुलाई घरमै क्वारेन्टिन बस्ने गरी प्रवेश अनुमति दिने निर्णयमा सरकार पुगेको हो। खोपको मात्रा पुरा नगरेका वा खोप लगाएको १४ दिन नभएका नेपाली नागरिकहरुको प्रवेश बिन्दुमा एन्टिजेन परीक्षण गर्ने र नेगेटिभ देखिए घर पठाउने निर्णय भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here