सुनको भाउ प्रतितोला सात सय रुपैयाँ बढ्यो

काठमाडौं, १८ पुस । आइतबार सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै आज चाँदीको मूल्य १२ सय ७० पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार भने चाँदी प्रति तोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँ कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here