ओमिक्रोनको ‘सब भेरियन्ट’ ५७ देशमा फैलियो, ३३ बढी प्रतिशत संक्रामक

काठमाडौं, १९ माघ । ओमिक्रोनको सब भेरियन्ट आक्रमक रुपमा फैलिएको छ ।

पहिलो भेरियन्टभन्दा ३३ बढी प्रतिशत संक्रामकको असर युरोप र अमेरिकी राष्ट्रहरुमा समेत देखिएको छ।

यो सब भेरियन्ट ओमिक्रोनभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।यो सब भेरियन्ट संक्रामक भएपनि यसले गम्भीर बिरामी भने नगर्ने चिकित्सकहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनको अनुसार ओमिक्रोन भेरियन्टको ‘सब भेरियन्ट’ ५७ देशमा फैलिसकेको जनाएको छ।

संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा ‘सब भेरियन्ट’ देखिएको जनाएको छ। BA.2 नाम दिइएको यो ‘सब भेरियन्ट’ को थप अध्ययन भइरहेको छ।

डेनमार्कका वैज्ञानिकहरुले गरेको अध्ययनका क्रममा यो सब भेरियन्ट पहिलो भेरियन्टभन्दा ३३ प्रतिशत थप संक्रामक पाइएको छ।

यो सब भेरियन्टबाट संक्रमित व्यक्ति घरमा भए अरु सदस्यमा संक्रमण फैलिन सक्ने सम्भावना ३९ रहने देखिएको छ। पहिलो भेरियन्टबाट घरमा नै संक्रमण फैलिन सक्ने सम्भावना २९ प्रतिशत छ।

अत्यधिक संक्रामक ओमिक्रोन सामान्यतया डेल्टा जस्ता अघिल्लो भेरियन्ट भन्दा संक्रमितलाई कम गम्भीर बनाउने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here