कोरोना संक्रमणबाट लता मंगेशकरको निधन

काठमाडौं, २३ माघ । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

कोरोनासँगै निमोनिया भएर मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारत लता आइतवार बिहान निधन भएको हो । लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् ।

लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि निमोनिया पनि भएको थियो । लताको उमेर देखेर चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।

त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।

उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले थुप्रै नेपाली गीतहरु पनि गाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here