काठमाडौं महानगरमा विद्यार्थीलाई दोस्रो मात्राको खोप अभियान सञ्चालन

काठमाडौं, २४ माघ । काठमाडौं महानगरपालिकाले सोमवार विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाको लागि खोप अभियान सञ्चालन गर्न लागेको हो ।

खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ । पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।

महानगरपालिकाको सूचना अनुसार तोकिएको मितिमा शनिवारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here