क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने पहिलो खेलाडी

काठमाडौं, २४ माघ । पोर्चुगिज फुटबल स्टार तथा म्यानचेष्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेल्ने क्रिस्टियानो रोनाल्डो ४०० मिलियन फलोअर्स हुने पहिलो व्यक्ति बनेका छन् ।

उनले आफ्नो ३७औं जन्मदिन मनाएको भोलिपल्ट नै यो अर्को उपलब्धि पाएका हुन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा फलो गर्नेको संख्या ४०० मिलियन पुगेको छ । सबैभन्दा धेरै फलो गरिएको विश्वका पहिलो खेलाडीमा पर्छन् ।

इन्स्टाग्राममा सर्वाधिक फलोअर्स हुनेको दोस्रो नम्बरमा कायली जेनर छन् । उनको ३०८ मिलियन फलोअर्स छ । यस्तै अर्का फुटबल स्टार लिओनल मेस्सी ३०६ मिलियन फलोअर्ससहित तेस्रो स्थानमा छन् ।

रोनाल्डो युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्वाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्वाधिक गोल गरेको किर्तिमान पनि उनकै नाममा छ ।

राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डि ओर जितिसकेका छन् ।

उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन् । सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ८०० भन्दा बढी गोल गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here