खोपै, खोपमा अल्मलिएको स्वास्थ्यमन्त्री खतिवडाको सय दिन, के-के भए प्रगति ?

काठमाडौं, २८ माघ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।

असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका खतिवडाले शुक्रबार १०० दिनको कार्य प्रगति सार्वजनिक गरेका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा गरेको ‘खोप, खोप र खोप’ अभियानलाई महत्व दिँदै कोरोनाको परिक्षण गर्ने प्रयोगशालाको संख्या बढाउनेदेखि पीसीआर परिक्षणको मूल्य घटाउनेसम्मका विषय समेटेका छन् ।

मन्त्री खतिवडाले सार्वजनिक गरेका प्रगति विवरणमा ५–११ वर्ष उमेर समूहको बालबालिकालाई समेत कोभिड–१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भएको उल्लेख छ ।

त्यस्तै माघ २७ सम्म १२ वर्षभन्दा माथिको लक्षित जनसंख्याको ७७ प्रतिशतलाई पहिलो मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको छ ।

हालसम्म ४ करोड ६५ लाख ७० हजार ७२० मात्रा खोप प्राप्त भएको र खोप लगाएको मात्रा ३ करोड ४८ लाख २५ हजार ६०१ रहेको विवरणमा उल्लेख छ ।

आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एवं खरिद मार्फत निरन्तर आपूर्ति भैरहेको छ ।’

२०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

कोभिड खोप सम्बन्धी कार्य प्रगति :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here