प्रेमी-प्रेमिकाका लागि विशेष उत्सव ‘भ्यालेन्टाइन’, यी हुन् मनाउन नहुने कारण

काठमाडौं । प्रेमी–प्रेमिकाका लागि एउटा विशेष उत्सव हो ‘भ्यालेन्टाइन’ । मनले माया गरेको, मनपराएको वा चाहेको मान्छेलाई मायाका भावहरु भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा अभिव्यक्त गरिन्छन् ।

फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । यो दिनलाई माया ब्यक्त गर्ने दिनको रुपमा मनाइन्छ । मानिसहरु यो दिनमा प्रेम ब्यक्त गर्ने गर्छन् त्यसका लागि फरक फरक स्थानमा जोडीहरुको भिड नै लाग्छ ।

तर जसले प्रेम सच्चा अर्थमा नै गर्छ उसको लागि भ्यालेन्टाइन्स डे को आवश्यकता पर्दैन । यहाँ तपाइँले भ्यालेन्टाइन्स डे मनाउन नहुने कारणबारे चर्चा गरिएको छ ।

पैसाको सर्वनाश

भ्यालेन्टाइन डे मा रेष्टुरेन्ट होटल वा रिसोर्ट चलाउनेहरुका लागि दशैं नै हो । अन्य दिन १०० रुपैयाँ पर्ने चिजलाई यो दिन ५०० रुपैयाँ पार्न सक्छन् उनीहरु ।

खानेकुरा देखि बस्ने ठाउँ सम्मको चार्ज भ्यालेन्टाइन्स डेकै लागि आकाशिएको हुन्छ ।

तपाइ प्रेमी वा प्रेमिकासँग यस्तो ठाउँमा जानु भो भने अर्को समस्या पैसा घटाउन आग्रह गर्न समेत अफ्ठेरो मान्ने अवस्थामा हुनु हुन्छ । पैसा जोगाउन चाहनु हुन्छ भने भ्यालेन्टाइन्स डे बाहेक अरु दिन नै खोज्नुस् प्रेम गर्नको लागि ।

फूलको मूल्य

भ्यालेन्टाइन डेमा सबै भन्दा बढी विक्री हुने कुरा हो फूल । मानिसहरु प्रेम ब्यक्त गर्न फूल किन्छन् ।

तर भ्यालेन्टाइन डे फूल किन्नेका लागि भने सबै भन्दा गलत दिन हो । यो दिन फूल किन्नेले अरु दिन फुलसँगै खाजा खान पुग्ने पैसा फूलको लागि मात्र हाल्नु पर्छ । एक पटक सोंच्नुस् यति महंगो प्रेम गर्ने कि नगर्ने ।

लाइन बस्नु पर्छ

भ्यालेन्टाइन डे मा रेष्टुरेन्ट होटल, रिसोर्ट, पार्क सम्म पनि भिडम भिड हुन्छ । पहिले देखि नै भ्यालेन्टाइन डे स्किमका कारण छोइनसक्नु महंगो पनि ।

भिडबाट अलग भ्यालेन्टाइन डे मा सबै जना फेसबुक स्ट्याटस देखि हरेक कुरामा भ्यालेन्टाइन डे मय बनेका हुन्छन् । तपाइँ यो दिन फरक बन्न सक्नु हुन्छ । तपाइलाई १४ फेब्रुअरी बाहेक वर्षमा अरु दिन पनि छ नि प्रेम गर्नका लागि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here