पाँचखालमा स्मार्ट सिटी बनाउन निफ्रा र सिंगापुरको एसएमईसीबीच समझदारी

काठमाडौं, ४ फागुन । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा स्मार्ट सिटी बनाउनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र सिंगापुरको सुरबाना जुरोङ समूह एसजे अन्‍तर्गतको एसएमईसी इन्टरनेशनल प्रालि बीच समझदारी भएको छ ।

सम्झौतापत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले हस्ताक्षर गरेका छन् । निफ्राले सम्झौता गरेको सिंगापुरको सुरबाना जुरोङ समूह सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म हो।

समझदारी पत्रअनुसार, सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तरास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषण सम्बन्धि कार्यहरुमा सहकार्य गर्नेछ ।

कार्यक्रममा निफ्राका उच्च व्यवस्थापनका पदाधिकारी, एसएमईसीका पदाधिकारीहरुसहित पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाको उपस्थिति थियो।

समझदारीपत्रअनुसार सिंगापुरस्थित ग्लोबल शहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवं अन्तर्रास्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषणसम्बन्धी कार्यहरुमा सहकार्य गर्नेछ। निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ।

त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरुसँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गर्नेछ।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्नेछ। यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५ हजार ५०० रोपनी क्षेत्रफल ओगटनेछ। स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ।

यसै कार्यका लागि मार्केट स्टडीसम्बन्धी कार्य गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेड (जेएलएल)सँग सम्झौता गरेको छ। उक्त कम्पनीले सो कार्य अबको आठ हप्ताभित्र समपन्न गरी प्रतिवेदन पेस गर्ने तय भएको छ।

उक्त कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईसीका सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाले यस कार्यमा हरसम्भव प्रयास र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गा प्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्ने छ ।

यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५०० रोपनी क्षेत्रफल ओगटने छ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यसै कार्यको लागी मार्केट स्टडी सम्बन्धि कार्य गर्न निफ्राले अमेरिका स्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आव कोआठ हप्ता भित्र समपन्न गरिे प्रतिवेदन पेश गर्ने तय भएको छ ।

स्मार्ट सिटीमा सबै क्षेत्रमा विद्युत्, विद्यालय, कलेज, अस्पताल, विविध पार्क, बजार, ढल–निकास, बसपार्क तथा सिनेमा हलजस्ता सुविधा हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here