देउवाले बोलाए गठबन्धनको बैठक, थप निर्णयविना एमसीसी टेबल नगर्ने

काठमाडौं, ४ माघ । बुधवारको लागि बोलाइएको संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थप निर्णयविना एमसीसी टेबल नगर्न सहमत भएका हुन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने कुरा बताएपछि देउवा ब्याक भएका हुन्।

एमसीसी जबरजस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। दुई नेताबीचको छलफलबाट भोलि ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बालाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here