५ अंकले घट्यो नेप्से, ५२ करोडको कारोबार

काठमाडौं, २२ असार । साताको पहिलो दिन आइतवार नेप्से परिसूचक ४.७३ अंकले घटेर १ हजार २ सय ५५.७७ अंकमा झरेको छ ।

कारोबारमा आएका समुहहरु मध्ये होटल, विकास बैंक, फाईनान्स, निर्जीवन बिमा, उत्पादन, सामूहीक लगानी कोषको परिसूचक बढे भने बैंकिङ्ग, टेड्रिङ, जलविद्युत, अन्य, लघुवित्त, र जीवन बिमा समुहको परिसूचक घटे ।

आइतवार १ सय ७२३ कम्पनीको २१ लाख ६० हजार कित्ता शेयर किनबेच हुँदा ५२ करोड ४९ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार स्वाभिमान लधुवित्त वित्तीय संस्थाका शेयर धनीले सबैभन्दा धेरै कमाए । स्वाभिमानको शेयर मुल्य ९.८६ प्रतिशतले बढ्यो । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा जनउत्थान सामुदायीक लघुवित्त किास बैंकका शेयर धनी रहे । जनउत्थानको शेयर मूल्य ११.३१ प्रतिशतले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार हुनेमा सिभिल बैंक रहेको छ । बैंकको ५ करोड ७१ लाखको शेयर किनबेच भयो ।

दोस्रोमा मेगा बैंकको ४ करोड ५७ लाखको शेयर किनबेच भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here