गठबन्धन धरापमा परेपछि एमसीसी टेबल हुने निश्चित, अनुमोदन अनिश्चित

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान १० बजे गठबन्धनका शीर्ष नेताको बैठक बस्‍न लागेको हो ।

बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा बनाउने छ ।

यसअघि पटक–पटक बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएको थियो । अमेरिकाले एमसीसी पास गर्न आउँदो १६ गतेसम्मको समयसीमा दिएको छ ।

आजै प्रतिनिधि सभा बैठक पनि बस्‍दैछ । बैठकमा सहमति जुटे दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ ।

एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि विरोध गर्दै आएका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी लचिलो बनेका हुन् । यसअघि पटकपटक बैठक बसे पनि एमसीसीबारे साझा धारणा बन्न सकेको छैन।

यसअघि बुधबार र शुक्रबार एमसीसीलाई नै केन्द्रमा राखेर बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न सकेको थिएन।

जसपाका अध्यक्ष उपेन्द्र यादव पक्ष पनि एमसीसी अगाडि बढाउन तयार भएको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूकाे अडान भने यथावत् नै रहेकाले आजको संसद् बैठकमा एमसीसी पेस भए पनि अनुमोदन हुनेमा भने अन्याेल छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here