अन्तत: एमसीसी संसदमा टेबल गर्न सत्ता गठबन्धन सहमत

फाइलफोटो

काठमाडौं, ८ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी सम्झौता संसद बैठकमा पेस गर्ने निर्णय गरेको हो।

तर सत्ता गठबन्धनले निर्णय सार्वजनिक गरिसकेको छैन।

गठबन्धनका दलहरुबीच मतभेद देखिँदा एमसिसी संसद बैठकमा पेस हुन सकेको थिएन।

अमेरिकाले १६ फागुनभित्र एमसीसी सम्झौता सदनबाट अनुमोदन गराइसक्न नेताहरूलाई दबाब दिँदै आएको छ।

आजै प्रतिनिधि सभा बैठक पनि बस्‍दैछ । दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here