प्रचण्डको छेवैमा बसेर संसदमा देव गुरुङको आपत्ति, ‘एमसीसी टेबल नगरौं’

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले मिलिनियम च्यालेन्ज कर्पोरेशन संसदमा टेबल हुन लागेको भन्दै आपत्ति जनाएका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले प्रतिपक्षी
दल नेकपा एमालेले ६ महिनादेखि अवरोध गरिरहेको बेला महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए।

एमसीसीमा राष्ट्रिय हित विपरीतका विषय रहेको, संसद अवरोध रहेको र आर्थिक सहयोगसम्बन्धी सम्झौता संसदमा पेश गर्ने प्रचलन पनि नभएकाले महत्वपूर्ण विधेयकहरु अघि बढाउन नहुने बताए।

‘एमसीसी सम्झौतामा रहेका प्रतिकुल प्रावधान संसोधन गर्नुपर्छ भन्ने दलको धारणा हो,ुउनले भने। गुरुङले संविधान प्रतिकुल रहेकाले एमसीसी संसोधन बिना अघि बढ्न नसक्ने धारणा राखे। ‘

‘संघीय ऐन २०४७ संग पनि मेल खादैन्। विगत कालमा कुनै पनि सम्झौता सदनमा टेबल भएको छैन्। सदनमा आउने जुन कुरा भएको छ सामान्य मान्यता भन्दा पनि भिन्न भएकाले राष्ट्रिय सहमति जुटन पर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here