पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमण मुक्त, ४ जना संक्रमितको निधन

काठमाडौं, ८ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा २६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ३२४३ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ गरी २६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७५ हजार ५५९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५१ हजार ३९४ पुगेको छ । संक्रिय संक्रमितको संख्या १२ हजार २४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here