मदिरा व्यवसायी अमित अग्रवाल बैंकिङ कसुरको आरोपमा पक्राउ

काठमाडौं, ९ फागुन । मदिरा व्यवसायी अमित अग्रवाल पक्राउ परेका छन् । ग्रीन लाइनका सञ्चालक अग्रवाललाई बैंकिङ कसुरको आरोपमा प्रहरीले शनिबार प्रक्राउ गरेको हो ।

उनलाई हाल अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार चेक बाउन्सको उजुरीपछि अग्रवाललाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

अग्रवालमाथि संजय अधिकारीलाई दिएको ५० लाख र टंक शम्शेर जबरालाई दिएको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको आरोप छ ।

बैंक र मिटरब्याजीको १ अर्ब बढी ऋण तिर्न नसकेपछि अमितसहित उनका परिवारका ९ सदस्य गत पुस २२ गते भारत गएका थिए ।

उनी चार वटा बैंकको ऋण डुबाएर भागेका थिए । तर, केही समयपछि फर्केर पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पत्तिबाट बैंकको ऋण तिर्ने बताएका थिए ।त्यसपछि उनी माघ २३ गते काठमाडौं फर्किएका थिए ।

नेपाल आए लगत्तै पत्रकार सम्मेलन गर्दै अग्रवालले आफूले बैंक सबै ऋण तिर्ने र उक्त ऋणभन्दा बढी सम्पत्ति भएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here