मतदाता परिचयपत्र हरायो ? यसरी लिनुहोस् फागुन २० गतेभित्र प्रतिलिपि

काठमाडौं,९ फागुन । निर्वाचन आयोगले परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि लिनको लागि आग्रह गरेको छ ।

सोमबार आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र मतदातालाई आग्रह गरेको हो । जसको लागि फागुन २० गतेसम्मको समयसीमा तोकेको छ ।

आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र लिन सकिने छ ।

आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था यसअघि नै थियो ।

आयोगले मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा इमेल वा फ्याक्सबाट समेत निवेदन दिन सकिने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here