टिकटकसँग भिड्न १५० भन्दा बढी देशमा फेसबुकको ‘रिल्स’, आम्दानीका लागि दुई विकल्प

काठमाडौं । फेसबुकको ‘मेटा’ले सर्ट भिडियोमा टिकटकको वर्चस्वलाई तोड्न विश्वभर ‘रिल्स’ लञ्च गरेको छ।

मेटाले १५० भन्दा बढी देशमा ‘रिल्स’ चल्न मिल्ने गरि फेसबुक अपडेट गरेको हो। यसअघि केही देशमा मात्रै चल्ने ‘रिल्स’ मंगलवारबाट विश्वका अधिकांश देशमा चलाउन मिल्ने बनाइएको हो।

जुन आईओएस र एन्ड्रोइड दुवैका प्रयोगकर्ताले चलाउन सक्नेछन् ।

मेटाले फेसबुक ‘रिल्स’मा विज्ञापन समेत थप गर्ने बताएको छ । यसले प्रयोगकर्तालाई पैसा कमाउन समेत सहयोग पुग्ने छ । शुरुमा ब्यानर स्टिकर विज्ञापन हुँदै ओभरले विज्ञापनहरुको परीक्षण गरिने बताइएको छ ।

अमेरिकामा सेप्टेम्बरमा ‘रिल्स’ सार्वजनिक गरिएको थियो । टिकटकको लोकप्रियताले पछिल्लो समय फेसबुकको प्रयोकर्ता दैनिक पाँच लाखका दरले घटेको थियो ।

टिकटकको चुनौतीको सामना गर्न फेसबुकको यो कदम चालेको देखिन्छ । फेसबुक तथा इन्स्टाग्रामका प्रयोकर्ताले भिडियोलाई डोयट गर्न तथा ६० सेकेन्डसम्मको भिडियो क्लिप अपलोड गर्न सक्नेछन् ।

त्यस्तै फेसबुक प्रयोकर्ताले रिल्स भिडियोलाई ड्राफ्टमा भिडियो सेभ गर्न सक्ने सुविधा छ । शुरुमा टिकटकसँग प्रतिस्पर्धा गर्ने हिसावले ‘रिल्स’को शुरु गरेपनि मेटाले फेसबुक एपमार्फत जाँदा बढी लोकप्रिय हुने सम्भावना देखेर अगाडी बढेको बताइएको छ ।

जसको फलस्वरुप कम्पनीले २०२१ को चौथो त्रैमासको आम्दानीको आधारमा रिल्स अबको सबैभन्दा छिटो ग्रो हुने सामग्री रहेको मेटाले विश्लेषण गरेको छ ।

साथै यसले फेसबुक र इन्ताग्रामको प्रयोकर्तापनि बढ्ने अपेक्षा राखिएको छ । तथापी यसले हाल सबैभन्दा कम पैसा आर्जन गरेको छ । तर छिट्टै लोकप्रिय सबैभन्दा बढी आम्दानी गर्ने फिचरको रुपमा रहने कम्पनीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here