अर्थमन्त्री शर्मा पत्नीसहित २५५ मिटर अग्लो भिरमा रहेको स्काइ क्याफेमा

काठमाडौं, १२ फागुन । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर बाग्लुङ बलेवामा रहेको ‘द क्लिफ’ प्रालिको रिसोर्ट परिसरमा नवनिर्मित स्काइ क्याफेमा पुगेका छन् ।

कालीगण्डकी नदि खोँचमा नदि देखि २ सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरिमा झुन्ड्याएर निर्माण गरिएको स्काइ क्याफेमा शर्मा श्रीमती लक्ष्मी पौडेलसँगै बसेर खाजा खाएका हुन् ।

पर्यटकले स्काइ क्याफेमा १५ मिनेट समय पाउँछन् । जुस वा कफि सहित फुड प्लाटर खान पाइने स्काइ क्याफेमा प्रतिब्यक्ती दुई हजार ५ सय शुल्क लाग्छ भने भिडियो पनि सोही शुल्क अन्तर्गत नै पाइन्छ ।

पछिल्लो समय युवाहरुको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकहरुलाई नयाँ स्वाद दिने उद्देशले स्काइ क्याफे सुरु गरिएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here