थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

काठमाडौं, १२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ५१२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ११ हजार ६७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here