शिखर इन्स्योरेन्सले चैत १ गतेदेखि हकप्रद विक्री गर्ने

काठमाडौं, १३ फागुन । शिखर इन्स्योरेन्सले आगामी चैत १ गतेदेखि हकप्रद सेयर विक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद सेयर विक्री गर्ने भएको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

इन्स्योरेन्सको हकप्रदमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, शिखर इन्स्योरेन्सको रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here