जागिरको खोजिमा हुनुहुन्छ ? बीमा समितिमा रोजगारीको अवसर

काठमाडौं, १३ फागुन । बीमा समितिले खुल्ला/समावेशी तथा आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको छ ।

समितिले शुक्रवार सूचना जारी गर्दै कुल २८ पदका लागि विज्ञापन खुलाएको हो ।

उप निर्देशक ( अधिकृत द्धितीय स्तर), चार्टर्ड एकाउण्टेण्ट (लेखा/अधिकृत द्धितीय स्तर) , सहायक निर्देशक (प्रशासन/अधिकृत तृतीय स्तर), सहायक निर्देशक (सूचना र प्रविधि स्तर), सहायक प्रथम (प्रशासन/सहायक प्रथम स्तर) पदका लागि कर्मचारी माग गरेको समितिले जनाएको छ ।

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले चैत १३ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ । दोब्बर दस्तुर तिरी चैत २० गतेसम्म आवेदन दिन सकिने छ ।

उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनसम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here