सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं, १३ फागुन । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन १२ गते बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

इन्स्योरेन्सले घोषणा गरेको उक्त लाभांश अघिल्लो आर्थिक वर्ष २०७६/७७ कोभन्दा झन्डै दोब्बरले बढी हो । सो आवमा इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५७ प्रतिशत नगद गरी ११.५७ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here