एमसीसीको किचलो: प्रतिनिधिसभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, १३ फागुन । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।

शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

सरकारले एमसीसीको विषयमा गठबन्धन र विपक्षसँग सहमति जुटाउने प्रयास भइरहेको भन्दै बैठक स्थगित गर्न आग्रह गरेको हो।

कानुन मन्त्री दिलेन्द्र बडूले सभामुख अग्नि सापकोटालाई भेटेर आजको बैठक स्थगित गर्न आग्रह गरेका थिए।

बिहीवारको बैठक पनि सरकारले नै आग्रह गरेर स्थगित गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here