होण्डाको मोटरसाइकल वा स्कुटर किन्दै हुनुहुन्छ ? यस्तो छ मूल्य

काठमाडौं । नेपालमा मोटरसाइकल तथा स्कुटर चढ्नेहरूको संख्या बढ्दो छ। काठमाडौं लगायत व्यस्त शहरहरूमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको छ।

कामकाजी व्यक्तिदेखि व्यवसायी सम्मलाई मोटरसाइकल नभई नहुने भइसकेकोले मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ।

बजारमा थुप्रै कम्पनीका मोटरसाइकल उपलब्ध छन् । तिनका विभिन्न मोडलहरू छन् र विभिन्न मूल्य क्षेत्र पनि ।

हाल नेपालमा अत्याधुनिक फिचर भएका, आकर्षक र युवावर्ग लक्षित मोटरलाइकलको मूल्य क्षेत्र हेर्ने हो भने करीब ४ लाखभन्दा माथि नै पर्छ ।

नेपाली बजारमा लोकप्रिय मोटरसाइकल उत्पादक कम्पनी हो होण्डा ।

नेपालमा होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको छ ।

होण्डाले स्कुटर सेग्मेन्टमा डिओ, एक्टिभा, एभिएटर र ग्राजिया बिक्री गर्दै आएको छ ।

साना मोटरसाइकल सेग्मेन्टमा सीडी ड्रिम, यूनिकर्न, एक्सब्लेड, हर्नेटलगायतका मोडल बिक्री गर्दै आएको छ ।

डिओ डिएलएक्स स्कुटरको बजार मूल्य २ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ भने एक्टिभा स्कुटरलाई २ लाख ३४ हजार ९०० पर्नेछ ।

त्यस्तै ग्राजिया स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९०० रुपैया पर्नेछ । एभिएटर स्कुटरको लागि २ लाख २२ हजार ९०० रुपैयाँ तोकिएको छ । न्याभीको १ लाख ६० हजार ९०० रुपैयाँ पर्नेछ ।

मोटरसाइकलमा होण्डा सिबी साइनको २ लाख ४४ हजार ९०० रुपैयाँ, एसपीएलएडिइको ३ लाख ३० हजार ९०० रुपैयाँ, होण्डा युनिकन १५० को २ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

सिबी साइन एसपी २ लाख ६४ हजार ९०० रुपैयाँ, होण्डा सिबी हर्नेट १६० को ३ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

होण्डा सिबी ३५० आरएसको ७ लाख ९८ हजार ९०० रुपैयाँ होण्डा सिबी हर्नेट २श्र० को ४ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको छ ।

-होण्डाको मोटरसाइकल वा स्कुटरको मूल्य आधिकारिक पेज HondaNepal वाट लिइएको ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here