फेसबुकमाथी रुसले लगायो प्रतिबन्ध

काठमाडौं । रुसी सरकारले देशका केही भागमा सामाजिक सञ्जाल फेसबुक प्रतिबन्ध गरेको छ । फेसबुकले केही रुसी सरकारद्धारा सञ्चालित मिडियालाई सेन्सर गरेको भन्दै आशिंक रुपमा फेससबुक प्रतिबन्ध गरेको हो ।

सरकारी स्वामित्वका चार मिडियाहरुका सामग्री प्रसारणका विषयमा फेसबुकले प्रतिबन्ध गरेको बताइएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै रुसको प्राविधिक र सञ्चार नियामक रोस्कोमनादजोरले फेसबुकले रुसी नागरिकको अधिकार र स्वतन्त्रताको उल्लङघन गरेको दाबी गरेको छ । यसले अक्टोबर २०२० यता सामाजिक सञ्जालद्धारा सेन्सरसिपको २३ घटना रेकर्ड गरेको छ ।

फेब्रअरी २४ मा रोस्कोमनादजोरले मेटा प्लेटफर्म इन्क को प्रशासनलाई अनुरोध पठाएको थियो ।

यता मेटाका ग्लोबल अफेयर्सका उपाध्यक्ष र बेलायतका पूर्व उपप्रधानमन्त्री निक क्लेगले भने मस्कोले बिहीबार प्लेटफर्ममा स्वतन्त्र तथ्य जाँच रोक्न र सामग्रीहरुलाई लेबल नगर्न आदेश दिएको थियो । उनले ट्वीट मार्फत भने त्यसमा हामीले अस्विकार गरेपछी हाम्रो सेवालाई प्रतिबन्ध गर्ने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here