‘बाहिर राष्ट्रवादी भनेर राष्ट्रघात गर्ने माओवादी एमसीसीमा साथ नदिए सरकारबाट जानोस्’

काठमाडौं, १४ फागुन । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सरकार छोड्न आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए।

संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न आग्रह गरे ।

भट्टराईले भने, ‘यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ। त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ। यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ।

यस्तो महत्वपूर्ण मुद्दामा १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ। त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ। त्यसो गर्न पाईदैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here