निफ्राको बोनस सेयर डिम्याट खातामा, तपाइको कति कित्ता थपियो ?

काठमाडौं, १४ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ८ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले गत फागुन १३ गते सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । जसमा आइपीओ ५० कित्ता पर्नेहरूको खातामा ४ कित्ता थप भएर ५४ कित्ता भएको छ।

नेप्सेले गत साताको बिहीबार नै सूचीकृत गरेको भए पनि प्राविधिक कारणले सेयरधनीको खातामा पठाएको थिएन। खातामा आएसँगै आइतबार बोनस सेयर पनि दोस्रो बजारमा कारोबार गर्न पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here