थप १५५ जनामा कोरोना संक्रमण, ५४० जना संक्रमणमुक्त

काठमाडौं, १४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जना र २ हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५ गरी १५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७६ हजार ७७१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५४० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५५ हजार ९९८ पुगेको छ । संक्रिय संक्रमितको संख्या ८ हजार ८३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९३४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here