श्रीलंकालाई आर्थिक संकट, पेट्रोलियम पदार्थको भाउ १२ प्रतिशत बढ्यो

काठमाडौं, १४ फागुन । दक्षिण एसियामा बलियो अर्थतन्त्र मानिने श्रीलंकालाई आर्थिक संकट परेको छ ।

प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र संकटग्रस्त बनेपछि श्रीलंका आर्थिक संकटको चपेटामा परेको हो ।

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेको थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको अभाव भइरहेको छ ।

खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको छ । श्रीलंकको मुख्य ऋणदाता चीन हो ।

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ । श्रीलङकाको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले आज इन्धनको मूल्य १२ प्रतिशतसम्म बढाएको छ ।

बजारको एक तीहाई हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डिजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढेको हो ।

तीन हप्ता अगाडि सात प्रतिशत भाउ बढेकोमा आज फेरि बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here