गठबन्धन जोगाउन लचकता, व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णय

काठमाडौं, १५ फागुन । पाँच दलीय सत्ता गठबन्धनले गठबन्धन जोगाउन एमसीसीमा केही लचकता अपनाएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौता संसद अनुमोदन गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ।

बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको थियो ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोडेर भए पनि एमसीसी अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिन थालेपछि पुनः प्रतिगनकारी शक्ति अगाडि आउने भो भनेर एमसीसी सम्झौताका केही बुँदामा राखेका प्रश्नमा ‘व्याख्यात्मक घोषणा’सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने निष्कर्षमा उनीहरू पुगेका हुन्।

माओवादी केन्द्र प्रतिनिधिसभामा अनुमोदनका लागि टेबल भएको एमसीसीको पक्षमा उभिएसँगै आजको संसद् बैठकमा त्यसमाथि छलफल हुने निश्चितजस्तै देखिएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here