नेष्डो समृद्ध लघुवित्तको आइपीओ भर्नेको संख्यामा नयाँ रेकर्ड, कतिले भरे ?

काठमाडौं, १५ फागुन । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्राथमिकमा शेयर आइपीओमा नयाँ रेकर्ड कायम भएको छ ।

आवेदनको अन्तिम दिनसम्म नेष्डो समृद्धमा मागभन्दा ३९ गुणा बढी आवेदन परेको हो । यो अहिलेसम्म कुनै पनि आइपीओमा परेको सबैभन्दा धेरै आवेदन हो । यसअघि राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २५ लाख ७५ हजार बढीले आवेदन दिएका थिए ।

सीडीएससीका अनुसार लघुवित्तको आइपीओमा २५ लाख ९९ हजार ५९८ जनाले ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन दिएका छन्

। यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने सीडीएससीले जनाएको छ ।

लघुवित्तले फागुन ११ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड २८ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशन भएको कुल सेयरमध्ये १२ हजार ७५० कित्ता संस्थाका कर्मचारी, ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरु र ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here