नेपाल बन्द प्रभावहीन, सवारीसाधनको चहलपहल बाक्लो

काठमाडौं १६ फागुन । बन्दको प्रभाव काठमाडौँ उपत्यकामा खासै परेको छैन। सवारीसाधन भने अघिल्लो दिनको तुलनामा कम चलेका छन्।

काठमाडौँ उपत्यकाका मुख्य चोक र सडकका मुख्य मुख्य स्थानमा सुरक्षाकर्मीहरु परिचालन भएका छन्।

साविक दिनभन्दा आज सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिएको छ। जसले गर्दा सवारीसाधनको चहलपहल बढ्दै आएको सुरक्षा निकायले जनाएको छ।

एमसीसी सम्झौता आइतबार संसदबाट पासर गरिएको विरोधमा सोमबार ६ वटा साना कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्द घोषणा गरेको थियो ।

राजधानीका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल बाक्लो देखिएको हो। बजार तथा पसल खुलेका छन्।

प्रहरीका अनुसार सडकमा गुड्ने सवारीसाधनको चाप क्रमशः बढिरहेको छ। मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको अर्को नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादीलगायतका साना कम्युनिष्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here