काठमाडौं, १७ फागुन । अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ। बीबीसीका अनुसार मंगलवार प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताएका छन्।
‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ,’ उनले भनेका छन् ।
तर ‘रुसलाई त्यसबारे पूर्व सूचना’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गरे। मोरिसनले उनको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने बताए।
अहिले युक्रेनले अन्तर्राष्ट्रिय समुदायबाट सहायताको अपेक्षा गरेको छ ।