प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन-‘विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गरौं’

काठमाडौं, १८ फागुन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन्।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएको दुई दिनपछि ब्लिन्कन र देउवाबीच टेलिफोन संवाद भएको हो।

ब्लिनकनले टुइटरमा जनाएअनुसार उनीहरूबीच रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको हो।

त्यस्तै नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोबारे समेत आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री ब्लिन्कनले संकेत गरेका छन्।

विदेश मन्त्री ब्लिनकनले ट्वीटरमा लखेका छन्। ‘रुसले युक्रेनमाथि विनाकारण गरेको आक्रमण, युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति हाम्रो समर्थनबारे प्रधानमन्त्री देउवासँग राम्रो कुराकानी भयो।’ ब्लिनकनले लखेका छन्, ‘हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीमा मिलेर काम गर्ने क्रम जारी राख्नेछौँ।’

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा नेपालले युक्रेनको पक्षमा भोट हालेको छ। यसअघि नेपालले युक्रेनमाथि रुसी आक्रमण रोक्न आग्रह गर्दै विज्ञप्ति समेत निकालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here