निरन्तर घाटामा आयल निगम, दुई सातामा ३ अर्ब ९ करोड घाटा हुने प्रक्षेपण

काठमाडौं, १८ फागुन । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

निगमलाई मंगलबार आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३.८९ रुपैयाँ, डिजेलमा ३.०८ रुपैयाँ, मट्टितेल १०.३० रुपैयाँ, हवाई इन्धन ३.३२ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ९९.१७ रुपैयाँ पैसाले बढेर आएको छ ।

बढेर आएको मूल्य अनुसार आगामी १५ दिनमा करिब ३ अर्ब ९ करोड घाटा हुने देखिएको निगमले जनाएको छ । निगमका अनुसार चालु आर्थिक वर्षमा मात्रै करिब २८ अर्ब नोक्सानी बेहोरिसकेको छ ।

इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here