काठमाडौं, १८ फागुन । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार प्रति तोलामा एक हजार ९ सय रुपैयाँले बढी ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ तोकिएको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ । प्रति तोलामा ४० रुपैयाँले घटी एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३७५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।