नेप्से र धितोपत्र बोर्डका प्रमुखलाई अर्थमन्त्रीको निर्देशन-‘कसैको प्रभावमा परेर काम नगर्नू’

काठमाडौं, १८ फागुन । अर्थमन्त्री जनार्दन शर्माले सेटिङमा हुने शेयर कारोबार रोक्न अर्थमन्त्रीको निर्देशन दिएका छन् ।

बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको र त्यसलाई रोक्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् ।

‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा पर्‍यो भने संस्थाको काम हुँदैन,’ ‘पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’

साथै, शेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको समेत बताएका छन् । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको बताउँदै नेपाली पूँजी बजारमा पनि सिस्टम लागू गर्नुपर्ने उनले बताए ।

११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै उनले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

पूँजीबजारलाई उत्पादनमुलुक र पूर्वाधारको क्षेत्रको लागि पूँजी जुटाउने थलोको रुपमा विकास गर्न निर्देशन समेत दिएका छन् ।

शर्माले पुँजीबजारमा राजनीति नगर्न पनि आग्रह गरे। ‘पुँजी बजारमा राजनीति गर्नुहुँदैन। यसलाई स्वचालित ढंगले चल्न दिनुपर्छ’, उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन।’

मन्त्री शर्माले कार्यभार सम्हाल्नेबित्तिकै पुँजीबजारका समस्या हल गर्न प्राथमिकता दिएर काम गरेको स्मरण गराउँदै सुधारको कार्य थालनी गर्ने क्रममा धितोपत्र बोर्ड र नेप्सेमा नयाँ नेतृत्व चयन गरेको बताए। नयाँ नेतृत्वले मुलुकको पुँजी बजारलाई सुधार गरी नयाँ ठाउँमा पुर्याउने विश्वास उनले व्यक्त गरे।

अर्थमन्त्री शर्माले साना लगानीकर्ताको पुँजी बजारमा प्रवेश गराउने, अहिले कारोबार गरिरहेका साना लगानीकर्तालाई सुरक्षित गर्ने, ओटिसी बजारलाई प्राथमिकता दिने, नेप्से र धितोपत्र बोर्डबीच आसपसी तालमेल गर्ने, सेयर सूचीकरणमा आउन नसकेका कम्पनीलाई सहजीकरण गर्ने, ब्रोकरको क्षमता बढाउने, सफ्टवेयरको क्षमता विकास गर्ने, ‘टिएमएस’ बाट थप सेवा सुचारु गर्नेलगायतका निर्देशन दिए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले नयाँ नेतृत्वले पुँजी बजारलाई सकारात्मक बाटोमा डोर्याउने विश्वास लिएको बताए।

राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार धेरै सुधार हुँदै गएको र भएका कमीकमजोरीलाई अर्थ मन्त्रालयको निर्देशनमा पारदर्शी रूपमा सुधार्ने काम जारी रहेको बताए। उनले अन्तर्राष्ट्रिय बजारसँग पनि प्रतिस्पर्धी हुने गरी नेपालको सेयर बजारलाई अगाडी बढाउन निर्देशन दिए।

धितोपत्र बोर्डको नवनियुक्त अध्यक्ष रमेश हमालले वित्तीय साक्षरताका क्षेत्रमा धेरै काम गरेर सेयर लगानीकर्तालाई सुसूचित गर्ने बताए। उनले साक्षरताकै अभावमा लगानीकर्ताहरु हल्ला गर्ने वा हल्लाको पछि लाग्ने देखिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here