काठमाडौं, १९ फागुन । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता ३ लाख ९ हजार ७८ पुगेका छन्।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा अभिवृद्धि कर भ्याटमा १८ हजार ३ सय ६४ करदाता थपिएका छन् ।
यो असार मसान्तको तुलनाका १३.६१ प्रतिशतले कमी हो । गत वर्ष आवको ६ महिनामा २१ हजार २५८ करदाता थपिएका थिए ।
त्यस्तै अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पगुेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार ७ सय २६ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४४ लाख ८८ हजार २६५ पुगेको छ । स्थायी लेखा नम्बर लिने करदाता ४ लाख २२ हजार १३७ जना थपिएका छन् ।
यस अवधिमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको संख्या १७ लाख २२ हजार ४६३, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २७ लाख ५१ हजार ९९० र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने १३ हजार ८ सय १२ पुगेको छ ।