एमसीसी विरोधी धारमा विप्लवको ‘इन्ट्री’, झलनाथ,नारायणकाजीदेखि भीम रावलसम्म एउटै मञ्चमा देखिने

काठमाडौं, १९ फागुन । अमेरिकी सहायता परियोजना (एमसीसी) विरोधी नेताहरु संगठित हुँदै गएका छन् । एमसीसीसँग असन्तुष्ट नेताहरु फकाउन (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले इन्ट्री गरेका हुन् ।

उनले एमसीसी सम्झौताको संसदमा चर्को विरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छे,एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावल भेटवार्तासँग गरेका छन् ।

जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।

एमसीसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ ।

सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहरा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

उक्त नेताहरुले शुक्रबार एकै स्टेजबाट सम्बोधन गर्ने भएका छन् ।

एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभाको आयोजना गरेका छन् ।

जनसभाको प्रमुख वक्तामा विप्लवसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू छन् ।

एमसीसीको विरोधमा साना दलहरूले शुक्रबारदेखि निरन्तर ६ चैतसम्म विरोधका कार्यक्रम तय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here